चितवन, १३ भदौ ।
भरतपुर महानगरपालिका–२८, राप्ती नियन्त्रण मध्यवर्ती समुदायिक वनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६२ वर्षीय खिमबहादुर सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
वन कार्यालयबाट एक सय मिटर भित्र बस्ने सुनार बिहीबार दिउँसो घाँस काट्न गएकाे बेला जङ्गली गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट सुनारको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी हेटौंडाले जानकारी दिएको छ ।





