मकवानपुर, ६ भदौ ।
उद्योग संघ मकवानपुरले आँखा शिविर कार्यक्रम गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौंडा औद्योगिक क्षेत्रमै आयोजित आँखा परीक्षण कार्यक्रममा उद्योगका कामदार तथा कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको थियो ।
हेटौंडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौँडा फेब्रिकेशन, सामुराई स्टील, केपीजेलगायतका उद्योगका कामदार कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो । जाँच गरिएकाहरु मध्ये १ जनाको आँखामा मोतिविन्दु भेटिएकाे छ । अन्य १० जनाको आँखाको थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमै आउन सल्लाह दिइएको अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । मोतिविन्दु पहिचान भएकालाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आँखा जाँचपश्चात आवश्यक औषधिहरु पनि निशुल्क वितरण गरिएको थियो ।
अस्पतालले सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुका लागि नियमित रुपमा विभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार, कर्मचारीहरुको आँखा जाँच समेत गर्दै उनले बताए ।





