उद्योग संघ मकवानपुरद्वारा आँखा शिविर कार्यक्रम

मकवानपुर, ६ भदौ । उद्योग संघ मकवानपुरले आँखा शिविर कार्यक्रम गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौंडा औद्योगिक क्षेत्रमै आयोजित आँखा परीक्षण कार्यक्रममा उद्योगका कामदार तथा कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको थियो । हेटौंडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौँडा फेब्रिकेशन, सामुराई स्टील, केपीजेलगायतका उद्योगका कामदार कर्मचारीहरुको […]
मकवानपुरको कार्की खोलामा बगेर बम्जन बेपत्ता
मकवानपुर, ६ भदौ । मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा शुक्रबार दिउँसो एक युवक बगेर बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जनलाई सोही गाउँपालिका–७ सुकौरातर्फको पसलबाट घर फर्कने क्रममा खोलाले बगाएको हो । स्थानीय स्तरमा ह्युमपाइप राखेर आवतजावत गर्ने व्यवस्था गरिएको खोलामा दिउँसो अचानक पानीको बहाव […]
न्यु क्यापिटल कलेजको तीज गीत प्रतियोगिता : कालिका भजन समूह प्रथम

रत्ननगर, ६ भदौ । न्यू क्यापिटल कलेजले रजत महोत्सवका अवसरमा आयोजना गरेको पूर्वी चितवनस्तरीय आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रत्ननगर-४ स्थित कलेज परिसरमा आयोजित उक्त प्रतियोगितामा कालिका नगरपालिकाको कालिका भजन समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा खैरहनी-२ को जनचेतना आमा समूह दोस्रो, हंसेश्वर आमा समूह तेस्रो र खैरहनी-९ को […]
‘उरमाल’लाई मदन पुरस्कार, जगदम्बा-श्री प्रेमदेव गिरीलाई

काठमाडौं, ६ भदौ । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ले प्राप्त गरेको छ । त्यस्तै जगदम्बा श्री सम्मान प्रेमदेव गिरीले प्राप्त गर्ने भएका छन् । मदन पुरस्कार गुठीले एक वक्तव्य जारी गर्दै काविमो र गिरीलाई पुरस्कार र सम्मान प्रदान गर्ने बताएको हो । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट […]
चितवन प्रथम हुँदै आरम्भ कलेजको यात्रा गोल्डमेडलतिर

चितवन, ६ भदौ । शिक्षा नगरीको रुपमा विकासित हुँदै गरेको चितवन जिल्लाको भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । सेमेस्टर परीक्षाको नतिजामा चितवन प्रथम भइसकेको आरम्भ कलेज तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै अहिले नेपाल तेस्रो बन्न सफल […]
गुरुङको उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

भरतपुर, ६ भदौ । लेखक तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई २०८१ सालको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्राप्त भएको छ । यो पुरस्कारको राशि नगद एक लाख २५ हजार रुपैयाँ रहेको छ । चितवन भरतपुर महानगरपालिका–५ मा रहेको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वर्षभर प्रकाशितमध्ये उत्कृष्ट आख्यान अर्थात कथा, उपन्यासलाई २०७५ सालदेखि पुरस्कृत गर्दै आएको छ […]
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भरतपुर, ६ भदौ । आई स्टडी ग्लोबल चितवनले नयाँ व्यवस्थापनसहित औपचारिक रुपमा सेवा सुरु गरेको छ । नारायणगढको सहिदचोकस्थित आई स्टडी ग्लोबल चितवन शुक्रबारबाट औपचारिक रुपमा नयाँ व्यवस्थापनसहित सेवा सुरु भएको हो । युवा व्यवसायी तथा प्रवन्ध निर्देशक महेश लामिछानेको जन्मदिनको अवसर पारेर आजबाट सेवा प्रारम्भ गरिएको हो । नयाँ व्यवस्थापनले केही समयदेखि सेवा सुरु […]
महिला सञ्चारकर्मी तीज विशेष आर्टिकल लेखन प्रतियोगितामा २५ जना सहभागी

चितवन, ६ भदौ । एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच ‘तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता’ मा २५ जनाले सहभागिता जनाएका छन् । एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “हरितालिका तीज : पर्व कि प्रदर्शन ?” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको थियो । आर्टिकल लेखनका लागि साउन २५ देखि भदौ ४ गतेसम्म […]
आरम्भ कलेजको यात्रा चितवन प्रथम हुँदै गोल्डमेडलतिर
चितवन । अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि बिएचएम एवं बिआइटीएम दुबैमा आरम्भ कलेज चितवन प्रथम हुन सफल भएको छ । भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । सेमेस्टर परीक्षाको नतिजामा चितवन प्रथम भइसकेको आरम्भ कलेज तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा त्रिविको बिएचएमतर्फ नेपाल […]
रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच उपचार सहायतासम्बन्धी सम्झौता

भरतपुर, ६ भदौ । रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच उपचार सहायतासम्बन्धी सम्झौता भएको छ । मेयर प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको सम्झौतापत्रमा नगरपालिकाले प्रमाणित गरेको सिफारिसबमोजिम न्यूनतम एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म उपचारमा छूट हुने उल्लेख छ । भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छूट उपलब्ध गराउनुपर्ने […]
काठमाडौंको मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

काठमाडौं, ६ भदौ । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ […]