महिला सञ्चारकर्मी तीज विशेष आर्टिकल लेखन प्रतियोगितामा २५ जना सहभागी

चितवन, ६ भदौ ।
एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच ‘तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता’ मा २५ जनाले सहभागिता जनाएका छन् । एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “हरितालिका तीज : पर्व कि प्रदर्शन ?” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको थियो ।

आर्टिकल लेखनका लागि साउन २५ देखि भदौ ४ गतेसम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भदौ ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ ।

आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित भएको हुँदा सामाजिक सञ्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको छ ।

जसअनुसार फेसबुक पेजमा भदौ ५ गते देखि भदौ १० गते राति १२ बजेसम्म गरिएका लाईक, कमेन्ट, सेयर र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मूल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरी पुरस्कृत गरिनेछ । सहभागीलाई पुरस्कार वितरणको मिति, समय र स्थानको बारेमा पुन : जानकारी गराईने छ ।

आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहारस्वरुप लगातार तीन वर्षसम्म प्रथम हुने विजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

चितवनबाट पत्रकारिता शुरु गरी हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।

सो कार्यक्रमको एब्रोड पार्टनरमा निप्पोन एजुकेशन सेन्टर, ग्रेस इन्टरनेशनल एजुकेशन, कनेक्ट अस्टेलियन एजुकेशन, ई प्लानेट एजुकेशन, आकारुई एजुकेशन, फर्निचर पाटनरमा सोफा हब चितवन, कलर पार्टनरमा टाटा पेन्ट्स, हेल्थ पार्टनरमा पुष्पान्जली हस्पिटल प्राली, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, होटल पौवा, मोबाइल पाटनरमा बिकु मोबाइल हाउस रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट