मकवानपुरको कार्की खोलामा बगेर बम्जन बेपत्ता

मकवानपुर, ६ भदौ ।
मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा शुक्रबार दिउँसो एक युवक बगेर बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जनलाई सोही गाउँपालिका–७ सुकौरातर्फको पसलबाट घर फर्कने क्रममा खोलाले बगाएको हो । स्थानीय स्तरमा ह्युमपाइप राखेर आवतजावत गर्ने व्यवस्था गरिएको खोलामा दिउँसो अचानक पानीको बहाव बढ्दा उनी बगेका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएको करिब ५ बजेपछि प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा पाँच जनाको प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा पुगेर खोजतलास कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ । हालसम्म बम्जनको अवस्था थाहा हुन नसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट