न्यु क्यापिटल कलेजको तीज गीत प्रतियोगिता : कालिका भजन समूह प्रथम

रत्ननगर, ६ भदौ ।
न्यू क्यापिटल कलेजले रजत महोत्सवका अवसरमा आयोजना गरेको पूर्वी चितवनस्तरीय आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

रत्ननगर-४ स्थित कलेज परिसरमा आयोजित उक्त प्रतियोगितामा कालिका नगरपालिकाको कालिका भजन समूहले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा खैरहनी-२ को जनचेतना आमा समूह दोस्रो, हंसेश्वर आमा समूह तेस्रो र खैरहनी-९ को धौलागिरी आमा समूहले सान्त्वना स्थान प्राप्त गरे । विजयी टोलीहरूले क्रमशः नगद रु. १७ हजार, रु. १३ हजार रु. १० हजार र रु. ५ हजारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । सो कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

कुल ९ वटा आमा समूहले सहभागिता जनाएको प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टीकाराम लामिछाने, सदस्य प्रकाशमणि सापकोटा र खैरहनी नगर शिक्षा समितिका सदस्य मीरा खरेल रहेका थिए ।

कार्यक्रमको सभापतित्व डा. ताराप्रसाद ढुंगानाले गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्ष आनन्द रन्जित प्रमुख अतिथिको रूपमा रहेका थिए ।

कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन तथा समन्वय श्रद्धा अर्यालले गरेकी थिइन् ।

तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै स्थानीय आमा समूहहरूको प्रतिभा प्रस्तुत गर्ने यो कार्यक्रमले समुदायमा उत्साह र एकता थपेको कलेजले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट