रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच उपचार सहायतासम्बन्धी सम्झौता

भरतपुर, ६ भदौ ।
रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच उपचार सहायतासम्बन्धी सम्झौता भएको छ ।
मेयर प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको सम्झौतापत्रमा नगरपालिकाले प्रमाणित गरेको सिफारिसबमोजिम न्यूनतम एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म उपचारमा छूट हुने उल्लेख छ ।
भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छूट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । बिमा नगरेका, बिमा रकम सकिएका तथा सरकारका अन्य निःशुल्क कार्यक्रममा नसमेटिएका नागरिकहरुले यो सुविधा प्राप्त गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट