‘उरमाल’लाई मदन पुरस्कार, जगदम्बा-श्री प्रेमदेव गिरीलाई

काठमाडौं, ६ भदौ ।

२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ले प्राप्त गरेको छ । त्यस्तै जगदम्बा श्री सम्मान प्रेमदेव गिरीले प्राप्त गर्ने भएका छन् ।

मदन पुरस्कार गुठीले एक वक्तव्य जारी गर्दै काविमो र गिरीलाई पुरस्कार र सम्मान प्रदान गर्ने बताएको हो । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा गिरीलाई सम्मान प्रदान गर्ने भएको हो ।

गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट