कर्माको “टाढा किन” सार्वजनिक

काठमाडौँ । लोकप्रिय म्युजिक ब्याण्ड कर्मा को नयाँ गीत ‘टाढा किन’ सार्वजनिक भएको छ । लघु चलचित्र आदी को थिम गीत कर्मा ब्याण्डको युट्युब च्यानलमार्फत आज–सार्वजनिक गरिएको हो।

गीतमा स्वर कर्मा ब्याण्डका प्रमुख भोकलिष्ट सुरेन्द्रमान सिंहको रहेको छ । शब्द र संगीत पनि कर्मा ब्याण्डले नै रचना गरेको हो ।

गीतलाई फिरोज बज्राचार्यले मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको भिडियोको निर्माण पनि आकर्षक किसिमले गरिएको छ ।

यसै गीतलाई आधार बनाई निर्माण गरिएको लाघु चलचित्र आदि चाँडै दर्शक समक्ष आउँदैछ । चलचित्रको निर्देशन केदार उप्रेतीले गरेका छन् । यसमा लक्षु शर्मा, बिना श्रेष्ठ, राज बराल, आयाना ढिमाल र पूर्ण लम्सालको अभिनय देख्न सकिन्छ। फिल्म आयाना इन्टरटेनमेन्टको ब्यानरमा बनेको म्युजिक भिडियोमा कथा निर्माण, छायांकन र सम्पादन गायक सिंहले नै गरेका हुन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट