कर्माको “टाढा किन” सार्वजनिक

काठमाडौँ । लोकप्रिय म्युजिक ब्याण्ड कर्मा को नयाँ गीत ‘टाढा किन’ सार्वजनिक भएको छ । लघु चलचित्र आदी को थिम गीत कर्मा ब्याण्डको युट्युब च्यानलमार्फत आज–सार्वजनिक गरिएको हो। गीतमा स्वर कर्मा ब्याण्डका प्रमुख भोकलिष्ट सुरेन्द्रमान सिंहको रहेको छ । शब्द र संगीत पनि कर्मा ब्याण्डले नै रचना गरेको हो । गीतलाई फिरोज बज्राचार्यले मिक्सिङ र […]

एटुजेड समाचारले तीज विशेष आर्टिकल लेखन प्रतियोगिता गर्दै

चितवन, ३१ साउन । एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच `हरितालिका तीज : पर्व कि प्रदर्शन ?´ शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको हो । मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन […]

नारायणगढमा आज रोपाइँ जात्रा

भरतपुर, ३१ साउन । नारायणगढस्थित नारायणी कला मन्दिरले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि रोपाइँ जात्रा गर्ने भएको छ । नेपाली कला, साहित्य र रङ्गमञ्चको क्षेत्रमा योगदान दिँदै आएको कला मन्दिरले कला–संस्कृति संरक्षणको पाटोलाई पनि अँगाल्दै आइरहेको छ । रोपाइँ जात्रालाई विगत लामो समयदेखि नै निरन्तरता दिँदै आइरहेको नारायणी कला मन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी […]

विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु

काठमाडौं, ३१ साउन । वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ । विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे । ‘यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी […]

हेटौँडामा रोश्नीको एकल कविता वाचन

मकवानपुर, ३१ साउन । नवसर्जक साहित्य चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष रोश्नी चौलागाईँको एकल कविता वाचन कार्यक्रम गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शुक्रबार भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रह्यो भने कार्यक्रम केन्द्रिय अध्यक्ष कृतिका लौडारीको अध्यक्षतामा आयोजना गरिएको हो । चौलागाईँद्वारा वाचित आधा दर्जन कविताहरूमाथि नेपाल कवि शान्ति प्रियवन्दनाले वक्ताका […]