विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु

काठमाडौं, ३१ साउन ।
वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ । विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे । ‘यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं । उहाँहरूको मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । तर, विषादीयुक्त मदिरा सेवन कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थाहा पाएका छौं,’ उनले भने । उनले मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको एकिन कारण जानकारी हुने बताए ।

त्यस्तै मदिरा सेवनबाट अचेत बनेका करिब ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको सुविधा सम्पन्न अस्पतालहरूमा उपचार भइरहेको श्रम सहचारी आचार्यको भनाइ छ । ‘कुवेत सरकारको फोकल पर्सनले सबै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभएको छ । दूतावासले कतिपय अस्पतालमा आफैं गएर जानकारी लिएको छ भने फोनमार्फत पनि निरन्तर सम्पर्कमा छौं,’ उनले भने ।

उनले कुवेतमा मदिरा सेवन गैरकानुनी रहेको बताए । त्यसबारे नेपाली दूतावासले पनि निरन्तर खबरदारी गर्दै आएको बताए । ‘हामीले पहिल्यैदेखि नै यहाँ मदिरा सेवन गैरकानुनी रहेको नेपाली श्रमिकहरूलाई जानकारी गराउँदै आएका छौं । त्यसका बाबजुद पनि दुःखद घटना घट्न पुग्यो,’ उनले भने । उनले कुवेतमा रहेका नेपालीहरूलाई मदिरा सेवनबाट टाढा रहन अपील गरे ।

यसैबीच कुवेतस्थित नेपाली दूतावासले यससम्बन्धी घटनाबारे जानकारी दिनका लागि हटलाइन सेवा सुरु गरेको छ । दूतावासले +96561008956 मा फोन गरेर यस विषयमा जानकारी लिन सक्ने बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट