रत्ननगरमा छात्रा स्काउटका लागि सशक्तीकरण कार्यक्रम

चितवन, २६ साउन ।
रत्ननगरमा सोमबार छात्रा स्काउटहरूका लागि बाल सशक्तीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्काउटअन्तर्गतको चितवन राइनो रोभर क्रूले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले गरेका थिए ।

चितवन राइनो रोभर क्रूका अध्यक्ष बैकुण्ठ मरहठ्ठाले संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकासका लागि यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ३ का वडाध्यक्ष खरेलले विद्यार्थीहरूमा अन्तरनिहित क्षमताको विकासका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । उनले स्काउटका हरेक क्रियाकलापले विद्यार्थीलाई अनुशासित बनाउनुका साथै समाज रूपान्तरणमा स्काउटले खेलेको भूमिकालाई स्थानीय सरकारले नजिकबाट नियालिरहेको उल्लेख गरे ।

चितवन प्याब्सनका अध्यक्ष मदन पुरीले स्काउटका गतिविधिमा संस्थागत र सामुदायिक विद्यालयको समान सहभागिता हुनुपर्नेमा जोड दिए । स्थानीय सरकारले संस्थागत विद्यालयलाई पनि समान महत्त्व दिएको उल्लेख गर्दै उनले सामुदायिक र संस्थागत विद्यालयलाई कित्ताकाट गर्ने वातावरण अब नरहेको बताए ।

कार्यक्रममा नेपाल स्काउटकी सहप्रमुख आयुक्त इन्दु सुवेदीले स्काउटले सामाजिक विकास र विद्यार्थीकेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन् । कार्यक्रममा सामाजिक अगुवा अनिता अर्याल, रत्ननगरकी शिक्षा अधिकृत रविना देउजा र प्याब्सन बागमती प्रदेश उपाध्यक्ष इन्दिरा कार्कीले सहजीकरण गरेका थिए ।

चितवन राइनो रोभर क्रूका अध्यक्ष मरहठ्ठाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, नेपाल स्काउटका प्रदेश सदस्य चित्रबहादुर रायमाझीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्रूकी सदस्य भिमा थापा र सीतादेवी कार्कीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट