मुख्यमन्त्री बानियाँको विश्वासको मतका लागि ह्विप जारी

मकवानपुर, २४ साउन ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ । २७ साउनमा बाँनियाले प्रदेश सभाबाट विश्वासकाे मत लिन काँग्रेसले ३ बुँदे व्हिप जारी गरेकाे हाे ।

बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले २७ साउन दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।

दल नेता बानियाँले काँग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य काँग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

जारी तीन बुँदामा ह्विपमा बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिने रहेकाे लामिछानेले जानकारी दिए। २७ साउन दिउँसो १ बजे काँग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय समेत गरेकाे छ । बैठकले ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।

मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको काठमाडौंमा छुट्टै बैठक बसी विश्वासको मतको विषयमा छलफल भएकाे बताइएको छ । मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट