विश्व आदिवासी दिवस : आदिवासीका मुद्धाप्रति राज्य अनुदार

भरतपुर, २४ साउन । आदिवासी जनजाति समुदायका अगुवाहरुले राज्यको उदासिनताका कारण आदिवासी जनजातिका मुद्धा अझै पनि ओझेलमा रहेको बताएका छन् । शनिबार नारायणी कला मन्दिरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले आयोजना गरेको ३१औँ विश्व आदिवासी दिवसका क्रममा बोल्ने अगुवाहरुले राज्यले आदिवासी जनजातिका मुद्धालाई गम्भीर भएर नहेरिदिँदा वर्षौदेखि आन्दोलन गर्न बाध्य भएको बताएका हुन् । […]

मुख्यमन्त्री बानियाँको विश्वासको मतका लागि ह्विप जारी

मकवानपुर, २४ साउन । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ । २७ साउनमा बाँनियाले प्रदेश सभाबाट विश्वासकाे मत लिन काँग्रेसले ३ बुँदे व्हिप जारी गरेकाे हाे । बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ […]

भरतपुर महानगर कमिटीले जित्यो राष्ट्रिय युवा संघ कपको उपाधि

भरतपुर, २४ साउन । राष्ट्रिय युवा सङ्घ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ । शुक्रबार भएको उपाधि भिडन्तमा कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो । कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर टाइब्रेकरमा ४-२ ले विजयी भयो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भरतपुरले कालिकालाई दबाबमा राखे […]

विश्व आदिवासी दिवस : युएनड्रिप र आइएलओ १६९ कार्यान्वयन गर्न माग

चितवन, २४ साउन । नेपालमा रहेका आदिवासी जनजाति समुदायले आज ३१औँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छ । जल, जङगल र जमिनसँग निकट भएर जीविकोपार्जन गर्दै आएका आदिवासी जनजातिहरुले राज्यपक्षसँग आफ्ना हकअधिकार प्राप्तिका लागि सुरुका दिनहरुमा यस्तै दिवसहरुको प्रयोग गरेको पाइन्छ । फलस्वरुप विश्व आदिवासी दिवसको ३१औँ शृङ्खलासम्म आइपुग्दा पनि आन्दोलनको […]

गैंडाकोटमा चिया खेती सुरु

गैंडाकोट, २४ साउन । गैँडाकोट नगरपालिकाले गैँडाकोट–१८ को बसेनी गाउँमा चिया खेतीको सुरुवात गरेको छ । नगरपालिकाले यो पहाडी क्षेत्रको हावापानी चिया खेतीका लागि उपयुक्त रहेको भन्दै परीक्षणका रूपमा सात हजार ५०० चियाका बिरुवा लगाएको छ । गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बसेनीलाई भविष्यमा पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना रहेको बताए । नगर उपप्रमुख शान्ति […]