गैंडाकोटमा चिया खेती सुरु

गैंडाकोट, २४ साउन ।
गैँडाकोट नगरपालिकाले गैँडाकोट–१८ को बसेनी गाउँमा चिया खेतीको सुरुवात गरेको छ ।

नगरपालिकाले यो पहाडी क्षेत्रको हावापानी चिया खेतीका लागि उपयुक्त रहेको भन्दै परीक्षणका रूपमा सात हजार ५०० चियाका बिरुवा लगाएको छ ।

गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बसेनीलाई भविष्यमा पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना रहेको बताए । नगर उपप्रमुख शान्ति कोइरालाले यो परीक्षण सफल भएमा खेती विस्तार गर्ने बताइन् ।

कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माका अनुसार यो चिया खेती मुख्यतया पर्यटकलाई आकर्षित गर्न र इलाम जाने पर्यटकलाई गैँडाकोटमै भित्र्याउनका लागि सुरु गरिएको हो ।

अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । उत्पादनपछि यो चियालाई स्थानीय उत्पादनका रूपमा पर्यटकहरूलाई मायाको चिनो दिनका लागि ब्रान्डिङ गरिने योजना छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट