कैलासनगरमा खुला रक्तदान सम्पन्न

भरतपुर, १८ साउन ।
चितवन मेडिकल कलेज (CMC) तथा युवा रेडक्रस सर्कल सिएमसिको संयुक्त आयोजनामा भरतपुर–५, कैलासनगरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।

Give Blood, Save Lives भन्ने मूल नारा बोकेको कार्यक्रममार्फत कूल १११ युनिट रगत संकलन गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा १११ जना रक्तदाताको सक्रिय सहभागिता रहेको थियो, जसमा ४७ जना पुरुष र ६४ जना महिला रक्तदाताहरू सहभागी थिए ।
त्यसमध्ये ६० जना पहिलोपटक नयाँ रक्तदान गर्ने व्यक्ति थिए भने जना ५१ पहिलेदेखि नै रक्तदानमा सक्रिय पुराना रक्तदाता थिए ।

कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, चितवनले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
स्थानीय बासिन्दा, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई जीवन्त बनाएको थियो ।

कार्यक्रमको उद्देश्य नियमित रक्तदानको महत्त्वबारे सचेतना फैलाउनुका साथै रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय उद्देश्यलाई अघि सार्नु रहेको आयोजकको भनाइ थियो ।

CMC ले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट