एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुली, १२ साउन ।
सिन्धुलीको गोलाञ्जोरमा एउटै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएको वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार घरमा पशु चौपायालाई अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएका हुन् ।​

उर्मिला हायुको परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका उनले बताएका छन् । ‘गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएकाले घरमा केही हल्का क्षति भएको र बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोही कसैसँग सम्पर्कमा आएमा सम्बन्धित निकाएमा खबर गरी आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’

घटनाबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library