रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन सम्पन्न

भरतपुर, ७ साउन ।
समाजसेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन समारोह मंगलबार साँझ भरतपुर स्थित सिराईचुली होटलमामा सम्पन्न भएको छ । सो अवसरमा क्लवका रोटरी वर्ष २०२४/०२५ का अध्यक्ष विमलकुमार क्षेत्रीले रोटरी वर्ष २०२५/२६ का अध्यक्ष डा. कृष्णसागर शर्मालाई पद हस्तान्तरण गर्नु भएको थियो ।

रोटरी क्लव अफ भरतपुरका रोटरी वर्ष २०२५/०२६ को लागि अध्यक्षमा डा. कृष्णसागर शर्मा, निवर्तमान अध्यक्षमा विमलकुमार क्षेत्री, निर्वाचित अध्यक्षमा त्रिलोचन कँडेल, प्रस्तावित अध्यक्षमा विनोदखण्ड तिमिल्सिना, प्रथम उपाध्यक्षमा रामबहादुर वस्नेत, द्वितीय उपाध्यक्षमा डा. प्रदीप न्यौपाने, सचिवमा नवीन भण्डारी, सहसचिवमा विजया ढकाल, कोषाध्यक्षमा बद्रीनाथ पोखरेल, एडमिन चियरमा प्रतीक्षा कोइराला सेढाईँ, मेम्बरसिप चियरमा दिलिपकुमार श्रेष्ठ, पब्लिक इमेजमा मीनराज भण्डारी, टिआरएफ चियरमा सन्तोष रेग्मी, सर्भिस प्रोजेक्ट चियरमा राजेन्द्र चापागाईं, सार्जन एट आर्ममा मधुप्रसाद पोखरेल, पव्लिकेशन चियरमा वीरेन्द्र तिमिल्सिना चयन हुनु भएको छ ।

क्लवका अध्यक्ष डा. कृष्णसागर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर विनोद कोइराला प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष क्षेत्रीले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान गर्नु भएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले रोटरी क्लव अफ भरतपुरलाई अझ उचाईमा पुर्‍याउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रम रोटरी क्लव अफ भरतपुरका सचिव नवीन भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, रोटरी क्लव अफ भरतपुरका पूर्व अध्यक्ष प्रा.डा. ईश्वरीप्रसाद ढकाललगायतले पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ समितिलाई शुभकामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट