रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन सम्पन्न

भरतपुर, ७ साउन । समाजसेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन समारोह मंगलबार साँझ भरतपुर स्थित सिराईचुली होटलमामा सम्पन्न भएको छ । सो अवसरमा क्लवका रोटरी वर्ष २०२४/०२५ का अध्यक्ष विमलकुमार क्षेत्रीले रोटरी वर्ष २०२५/२६ का अध्यक्ष डा. कृष्णसागर शर्मालाई पद हस्तान्तरण गर्नु भएको थियो । रोटरी क्लव अफ भरतपुरका रोटरी […]

पपुलर जागरण प्रालिले १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने

चितवन, ७ साउन । पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसरमा १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने भएको छ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा पपुलरले कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतनामुलक तालिम दिन लागेको हो । कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम […]

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईँचो

चितवन, ७ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले मंगलबार आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईँचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा बिहानैदेखि विद्यार्थीहरुको भीड लागेको थियो । मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका ५० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा […]

न्यू क्यापिटल कलेजद्वारा स्रस्टा खनाल सम्मानित

रत्ननगर, ७ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा कवि, कथाकार विश्वनाथ खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कलेजका प्रमुख भुपेन्द्र धिताललगायतले स्रस्टा खनाललाई २५ हजार १ रुपैयाँसहित सम्मान गर्नुभएको हो । स्रस्टा सम्मानको यो कार्यक्रम कलेजले […]