घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ३१ असार ।
घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेका हुन् ।

प्रधानमन्त्री ओली सिनेटको बैठकमा भएकाले उनका स्वकीय राजेश बज्राचार्यलाई पत्र बुझाएर हिँडेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट