भगवती न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन् । विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् । न्यौपानेले एमालेबाट राष्ट्रिय सभा सदस्य छिन् ।

वातावरणीय योगदानका लागि ग्रीनल्याण्ड पब्लिक स्कुललाई अन्तर्राष्ट्रिय सम्मान

भरतपुर, ३१ असार । भरतपुर – १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । वातावरण संरक्षण र दिगोपनप्रति देखाएको उच्च प्रतिबद्धता र उत्कृष्ट कार्यको कदर गर्दै इटालीस्थित प्रतिष्ठित संस्था फोन्डो फोरेस्ताले इटालियानोले स्कुललाई रिकग्निसन अवार्ड प्रदान गरेको हो । फोन्डो फोरेस्ताले स्कुलले वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण, फोहर व्यवस्थापन लगायतका बहुपक्षीय कार्यक्रमहरू प्रभावकारी […]

हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पतालको शिलान्यास

मकवानपुर, ३१ असार । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुने प्रदेशस्तरीय प्रहरी अस्पतालकाे शिलान्यास गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन् । अस्पताल शिलान्यास गर्दै मन्त्री लामिछानेले प्रदेशको सुरक्षाको विषयमा सरकार […]

अमेरिकामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु 

भरतपुर, ३१ असार । अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । आइतबार राति ९ बजेतिर संयुक्त राज्य अमेरिकाको राजमार्ग ८० मा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको लुइसियाना स्टेट पुलिसले जनाएको छ । ज्यान गुमाउनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली छन् । […]

घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ३१ असार । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज […]

घैलाघारीबाट राप्ती पुलसम्म कालोपत्रे

चितवन, ३१ असार । जगतपुर – कसरा – माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे कार्य अगाडि बढेको छ । सवबेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे) राख्ने काम लामो समयसम्म रोकिएको सो सडकखण्डसहित राप्ती नदीको पुलमाथि सोमबार कालोपत्रे सुरु भएको र मंगलबार आज […]