लायन्स क्लब अफ माडी इकोको आयोजनामा रक्तदान

भरतपुर, २८ असार ।
लायन्स क्लब अफ माडी इकोका क्लब मेम्बरसीप चियरमेन लायन युवराज न्यौपानेका छोरा क्रिजन न्यौपाने ७ वर्ष पूरा गरी ८ वर्षमा प्रवेश गरेको सुखद अवसरमा लायन्स क्लब अफ माडी इकोले शनिवार भरतपुर अस्पताल क्षेत्रभित्र एक औपचारिक कार्यक्रम गरी रक्तदान कार्यक्रम गरेकोछ ।

लायन्स क्लब अफ माडी इकोका सचिव लायन पूर्णचन्द्र चापागाईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रिजन नम्बर १८ का रिजन चेयर पर्सन लायन प्राश सुबेदी प्रमुख अतिथि, जोन नम्बर ३७ का चेयर पर्सन पिएमजेएफ लायन सागर पराजुली विशिष्ट अतिथि, जन्मदिन हुने क्रिजल न्यौपाने र लायन युवराज न्यौपाने अतिथि, अन्य अतिथिमा इन्जिनियर राजेन्द्र न्यौपाने, लायन हरिप्रसाद न्यौपाने, प्रथम भिपी लायन्स क्लब अफ माडी इकोका वरिष्ठ उपाध्यक्ष, ब्लड डोनर्स सोसाइटी नेपाललगायत हुनुहुन्थ्यो ।

लायन हरिप्रसाद न्यौपानेले स्वागत मनतव्य, प्रमुख अतिथि लायन प्रकाश सुवेदीले लायन्स क्लबको बारेमा र लायन्स क्लब अफ माडी इकोका अध्यक्ष लायन सुवासकुमार तिवारीले माडी इकोको बारेमा र यसले गर्नसक्ने कामका बरेमा धारणा राख्दै कार्यक्रम अन्त्य गरी जन्मोत्सवको केक काटी औपचारिक कार्यक्रम अन्त्य भएको हो ।

जन्मदिनको अवसरमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गर्नुभएकोमा ९ जना नयाँ रक्तदाता र १५ जना आकस्मिक रक्तदाता रहनुभएको छ । रक्तदान कार्यक्रम दिनभर चलेको थियो । ८ वर्ष लाग्दै गरेको छोराको लागि रक्तदान कार्यक्रम राख्नुभएकोमा कार्यक्रमका सहभागीहरूले सराहना गर्नुभएको थियो । यस्ता मानवीय काम गरेर बिरामीको ज्यान बचाउने काममा जन्मोत्सवको माध्ययमबाट पनि गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यले यो कार्यक्रम राखिएको हो ।

क्लबले यस्ता मानवीय कामहरु स्थापनाकालदेखि नै गर्दै आएकोछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट