लायन्स क्लब अफ माडी इकोको आयोजनामा रक्तदान

भरतपुर, २८ असार । लायन्स क्लब अफ माडी इकोका क्लब मेम्बरसीप चियरमेन लायन युवराज न्यौपानेका छोरा क्रिजन न्यौपाने ७ वर्ष पूरा गरी ८ वर्षमा प्रवेश गरेको सुखद अवसरमा लायन्स क्लब अफ माडी इकोले शनिवार भरतपुर अस्पताल क्षेत्रभित्र एक औपचारिक कार्यक्रम गरी रक्तदान कार्यक्रम गरेकोछ । लायन्स क्लब अफ माडी इकोका सचिव लायन पूर्णचन्द्र चापागाईले सञ्चालन […]
चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवन, २८ असार । गजल साहित्यमा स्थापित नाम रामकृष्ण अनायास आफ्नो नयाँ गजलसङ्ग्रह ‘अनायास’ लिएर देश दौडाहामा निस्कनुभएको छ । नेपाली गजलको सौन्दर्य र संवेदनालाई पाठक–स्रोतासम्म पुर्याउने उद्देश्यले गरिएको यो यात्रामा उहाँसँगै गजल मञ्च चितवनका सक्रिय सदस्य तथा प्रतिभाशाली गजलकार सुमन घिमिरे पनि साथमा हुनुहुन्छ । नारायणगढबाट नवलपरासीको डेढगाउँ, पाल्पाको रामपुर, स्याङ्जाको वालिङ हुँदै उहाँहरु […]
स्याङ्जामा `अन्त्य´को विमर्शसँगै लक्ष्मीको लघुकथा वाचन

स्याङ्जा, २८ असार । लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति `अन्त्य` को विमर्श एवम लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श […]
चितवन साहित्य परिषद्मा तीन जना सम्मानित

भरतपुर, २८ असार । चितवन साहित्य परिषद् (चिसाप) ले शनिबार विभिन्न तीन जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । चिसाप अध्यक्ष जगन्नाथ पण्डित र नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठको संयुक्त अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कारबाट बालकृष्ण थपलियालाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि […]
तीनखोले गुम्बामा औषधीय प्रजातिका ५० बिरुवा रोपियो

चितवन, २८ असार । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर–२ क्षेत्रपुरस्थित तीनखोले गुम्बा परिसरमा औषधीय प्रजातिका ५० बिरुवा रोपिएको छ । बिगत ४ वर्षदेखि क्लबले गुम्बा परिसरमा नयाँ रोप्ने तथा रोपिएका विरुवाको गोडमेल गर्दै आईरहेको छ । शनिबार अमला, असुरो, निम, अम्वा, दालचिनि,रुद्राक्षलगायतका बिरुवा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ आरका […]
जथाभावी लेख्नाले हाम्रो साहित्य पत्रु बन्दै गैरहेको छ : प्रेम रिमाल

गैंडाकोट, २८ असार । पढ्ने बानीले मानिसलाई व्यवहारिक बनाउने शिक्षासेवी प्रेम रिमालले बताउनुभएको छ । पठन संस्कृति अभियानको १५ औँ शृङ्खलाका प्रमुख अतिथि रिमालले पठन संस्कृति आफ्नो पनि अभियान भएको बताउनु भयो । उहाँले भन्नुभयो – `पढ्ने बानीले घटनालाई बुझ्न सकिन्छ, परिस्थितिलाई चिन्न सकिन्छ । हामीले आफ्नो सामर्थ्यले संसारमा शासन गर्न सक्नुपर्छ ।´ रिमालले यो […]
ज्योति टोल विकास संस्थाको आयोजनामा सरसफाई एवम् डस्टबिन वितरण

भरतपुर, २८ असार । ज्योति टोल विकास संस्थाको आयोजनामा बृहत सरसफाई कार्यक्रम एवम् डस्टबिन वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता टोलका अध्यक्ष टीकाराम कँडेलले गर्नुभएको थियो । सरसफाई कार्यक्रममा सम्पूर्ण टोलबासीहरूको उपस्थिति रहेको थियो । ज्योति टोलभित्र रहेका व्यवसायीहरुलाई डस्टबिन हस्तान्तरण गरिएको थियो […]