चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवन, २८ असार ।
गजल साहित्यमा स्थापित नाम रामकृष्ण अनायास आफ्नो नयाँ गजलसङ्ग्रह ‘अनायास’ लिएर देश दौडाहामा निस्कनुभएको छ । नेपाली गजलको सौन्दर्य र संवेदनालाई पाठक–स्रोतासम्म पुर्‍याउने उद्देश्यले गरिएको यो यात्रामा उहाँसँगै गजल मञ्च चितवनका सक्रिय सदस्य तथा प्रतिभाशाली गजलकार सुमन घिमिरे पनि साथमा हुनुहुन्छ ।
नारायणगढबाट नवलपरासीको डेढगाउँ, पाल्पाको रामपुर, स्याङ्जाको वालिङ हुँदै उहाँहरु पोखरामा हुनुहुन्छ । यात्राका क्रममा स्थानीय स्रस्टाहरूसँग भेटघाट र गजलवार्ता गरिएको गजलकार अनायासले बताउनु भयो ।

‘अनायास’सङ्ग्रहमा प्रेम, वियोग, समय, समाज, राष्ट्रप्रेम र समसामयिक सन्दर्भ झल्किने गजलहरू समेटिएका छन् । गजलमार्फत समाजसँग संवाद गर्ने अनायासको लेखनशैली र सुमन घिमिरेको भाव प्रस्तुति नेपाली गजलमा नयाँ उचाइ थप्ने विश्वास गरिएको स्याङ्जाका गजलकार मिलन समीरले बताउनु भयो ।

देशका प्रमुख सहरहरूमा आयोजना गरिने साहित्यिक भेटघाट, पुस्तक विमोचन र गजल वाचन कार्यक्रममा दुई जना गजल साधकहरूको उपस्थितिले साहित्यिक माहोलमा विशेष उत्साह थपिएको पोखराका गजलकार प्राञ्जलले बताउनु भयो ।

`गजलप्रेमीहरूका लागि यो दौडाहा केवल पुस्तकको प्रचार मात्र नभई नेपाली गजलको यात्रा र सम्भावनाको उत्सव पनि हो´- पोखराका गजलकार विष्णु सुवेदीले भन्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट