चितवन साहित्य परिषद्मा तीन जना सम्मानित

भरतपुर, २८ असार ।
चितवन साहित्य परिषद् (चिसाप) ले शनिबार विभिन्न तीन जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । चिसाप अध्यक्ष जगन्नाथ पण्डित र नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठको संयुक्त अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कारबाट बालकृष्ण थपलियालाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि रु १५,०४५ सहित सम्मानपत्र रहेको छ ।

त्यसैगरी चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार- २०८१ बुकहिल पब्लिकेसन्सबाट प्रकाशित `सावर्णि´ उपन्यासका लागि डा. श्रीधर खनाललाई दिइएको छ । पुरस्कारको राशि रु. ५००४५ सहित सम्मानपत्र रहेको छ ।

त्यस्तै चिसाप बामदेव लक्ष्मी खनाल साहित्य पुरस्कार `पर्जन्य मास´ नियात्रासङ्ग्रहका लागि खगेन्द्र गिरि काेपिलालाई दिइको छ । यो पुरस्कारको राशि रु. ३५०४५ सहित सम्मानपत्र रहेको छ ।

चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरकाे संयुक्त आयाेजनमा २१२अ‍ाैँ भानु जयन्ती विशेष कार्यक्रममाझ प्रमुख अतिथि रामबाबु घिमिरेले यी पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

पुरस्कृत स्रस्टाहरु बालकृष्ण थपलिया, श्रीधर खनाल र खगेन्द्र गिरि कोपिलाको व्यक्तित्व र कृतित्वका बारेमा क्रमशः गणेश श्रमण, केदारनाथ खनाल र पूर्णप्रसाद अधिकारीले चर्चा गर्नुभएको थियो । चिसाप अध्यक्ष जगन्नाथ पण्डितले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई सचिव नवराज ढुंगानाले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट