रास्वपाको हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण

चितवन, २२ असार ।
चितवनलगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन गरिएको हस्ताक्षर संकलन तथा चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले गम्भीर आपत्ति जनाएको हो ।

सभापति राजेश्वर खनालले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा अनुसन्धानका क्रममा रहेका व्यक्तिको रिहाइको नाममा चितवन जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको उक्त अभियान कानून विपरीत भएको ठहर गरेको छ ।

“सहकारी पीडितहरूको उजुरी तथा संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा अनुसन्धानमा रहेका व्यक्तिको पक्षमा दबाब सिर्जना गर्न खोज्ने यस्ता गतिविधिहरूले कानूनको शासनमा हस्तक्षेप पुर्‍याउने खतरा बोकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले अदालत तथा अनुसन्धान प्रक्रियामा अवाञ्छित प्रभाव पार्ने उद्देश्यले सञ्चालित यस्ता अभियानहरू तत्काल रोक्न माग गरेको छ । विज्ञप्तिमा अघि भनिएको छ, “अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहँदै चन्दा संकलन अभियान सञ्चालन गर्नु जनमानसमा थप शंका र भ्रम सिर्जना गर्ने कार्य हो । यसप्रकारको अनाधिकृत चन्दा संकलन तत्काल रोक्न स्थानीय प्रशासनलाई हामी आग्रह गर्दछौँ ।”

कांग्रेस चितवनले राजनीतिक दल र सम्बन्धित व्यक्ति तथा समूहहरूलाई कानुनी मर्यादा र न्यायिक प्रक्रिया प्रतिको सम्मान गर्न पनि विज्ञप्ति मार्फत अपिल गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट