भरतपुर- २ मा कपाल काट्ने तालिम सम्पन्न

चितवन, १७ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।

। वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित २२ दिनसम्म कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो ।

‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।

रानाभाटका अनुसार तालिम लिएका मध्ये एकजना युवालाई यो आर्थिक बर्षमा पसल सञ्चालन गर्न सैलुनमा चाहिने सामाग्री पनि नि:शुल्क उपलब्ध गराईनेछ । ‘यो आर्थिक वर्षमा यो वडामा पसल गर्न चाहने एकजना युवालाई सैलुनमा चाहिने सबै सामग्री उपलब्ध गराउंँछौँ´, उहांँले भन्नुभयो – `अर्को वर्ष फेरी अर्को युवालाई दिनेछौँ ।´ तालिममा ट्रेनिङ्ग सेन्टरका तारा गुरुङ्ग र सन्तोष ठाकुरले प्रशिषण दिनु भएको थियो ।

सो अवसरमा बोल्दै प्रशिक्षक ठाकुरले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई सैदान्तिक तथा व्यवहारिक तालिम दिएको बताउनु भयो । प्रशिक्षक ठाकुरले वडा नम्बर २ मा रहेका सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको कपाल काटिएको जानकारी दिनुभयो ।

प्रशिक्षार्थी दीपक तामाङले यही पेशा अपनाउन तालिम लिएको बताउनुभयो । आगामी दिनमा वडाबाटै एडभान्स तालिम पाउने अपेक्षा गरेको उहाँको भनाई थियो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडा सदस्य बेलपत्र श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम वडा सचिव तारा लम्सालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु परशुराम पौडेल, बलराम सिटौला, उर्वशी गोतामे, वडाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट