समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा उनैको नयाँ कृतिको परिचर्चा 

भरतपुर, ६ असार ।
गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति ‘अरु अलिकति फरक कुरा’को परिचर्चा कार्यक्रम सम्पन्न गर्‍यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए ।

उक्त समालोचना कृतिमा २९  वटा समालोचना समेटिएकोमा उपलब्ध ६ जना सर्जकमध्ये सुरेन्द्र अस्तफलले आफ्ना कवितामा प्रेम र यौन मात्र नभएर समाजका विविध पक्ष रहेको जिकिर गर्दै ती पक्ष छुटेको कुरा गरे । त्यस्तै गणेश श्रमण र किसान प्रेमीले आफ्ना कृतिमाथि न्याय भएको अभिमत राखे । उदय अधिकारीले आफूलाई समेटे पनि समग्र कृति नआएको गुनासो गरे भने सिर्जन अविरलले रमेश प्रभातको क्षमता अझै नखुलेको विचार राखे । त्यस्तै विद्या भण्डारी चिरागले बालसाहित्यका बारेमा पनि समीक्षा गरेकोमा धन्यवाद दिइन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुली र पत्रकार तथा आख्यानकार सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा उठेका सवालको जवाफ दिँदै कृतिकार रमेश प्रभातले अबको समालोचनाको नेतृत्व निसमालोचनाले गर्छ भन्ने धारणा अघि सारे । उनका अनुसार समालोचना बचाउन पनि यसो गर्नु परेको हो ।

सम्पूर्ण किताब नारायणगढमा आयोजित उक्त कार्यक्रमलाई आयोजक संस्था गजल मञ्च चितवनले `सर्जकहरुको अभिमत´ नाम राखेको थियो । उक्त कार्यक्रमको सहजीकरण सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले गरेका थिए भने अध्यक्षता गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट