भरतपुर मेयर कप फुटबलमा पुलिस स्कुलको विजयी सुरुवात

चितवन, ६ असार ।
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल शान्तिपुरले विजयी सुरुवात गरेको छ ।

भरतपुर – ७ कृष्णपुरको मैदानमा भएको खेलमा पुलिस स्कुलले चितवन माविलाई हराउँदै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा चितवन मावि १-० ले विजयी भयो । अतिरिक्त समयको अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा चितवन मावि पराजित हुन पुग्यो ।

पुलिसको जितमा अतिरिक्त समयको अन्तिम मिनेटमा सुशांक पाण्डेले निर्णायक गोल गरे । उनी नै प्लेयर अफ दि म्याच भए । प्रतियोगितामा शनिबार ७ खेल हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट