खैरहनी नगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप

चितवन, ५ असार ।
चितवनस्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विशेष समारोहकाबीच नगरपालिकाका प्रमुख शशिकुमार खनियाले मोवाइल एप्लिकेसनलाई सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले मोबाईल एपको प्रयोगले नगरबासीलाई नगरपालिकाको कार्यसम्पादनसँग जोडन थप सहज हुने उल्लेख गरे । एपको प्रयोगबाट नगरपालिका सम्बन्धी गुनासो व्यवस्थापन, सूचना प्रवाह छिटो र प्रभावकारी हुने, पारदर्शिता अभिवृद्धि हुने कागजी प्रक्रिया र म्यानुअल काम घट्दा समय र स्रोतको बचत हुने विश्वास रहेको नगरप्रमुख खनियाले जानकारी गराए ।

नगर उपप्रमुख कविता उप्रेतीले एप्लिकेसनको प्रयोगले नागरिकको तथ्याङ्क, कर र अन्य सेवाको डिजिटल रेकर्ड राख्न सजिलो हुने साथै एपबाट सेवा प्रवाह सम्बन्धी जानकारी नगरबासीले सहज रुपमा प्राप्त गर्ने र नगरपालिकाको निर्णय प्रक्रियालाई समेत यसले सहज बनाउने उल्लेख गरिन् ।

सार्वजनिक गरिएको खैरहनी नगरपालिका मोबाइल एप्लिकेसन एप स्टोर र गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने  यसले नगरपालिकाको सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

कार्यक्रममा कृषि प्रसार अधिकृत गौरव न्यौपानेले एपमा रहेका विशेषताहरुको बारेमा सहभागीलाई जानकारी गराएका थिए । सबै नागरिकलाई उल्लिखित मोबाईल एप प्रयोग गर्न अनुरोध गर्दै समयानुसार मोबाईल एपमा सुविधाहरु थप्दै लगिने नगरपालिकाले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट