खैरहनी नगरपालिकाले सार्वजनिक गर्यो मोबाइल एप

चितवन, ५ असार । चितवनस्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विशेष समारोहकाबीच नगरपालिकाका प्रमुख शशिकुमार खनियाले मोवाइल एप्लिकेसनलाई सार्वजनिक गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले मोबाईल एपको प्रयोगले नगरबासीलाई नगरपालिकाको कार्यसम्पादनसँग जोडन थप सहज हुने उल्लेख गरे । […]
पशुपति शर्माको ‘झोले त तैँ, झोले त मै’ सार्वजनिक

काठमाडौं, ५ असार । लोक तथा दोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल ‘झोले त तैँ, झोले त मै’ रहेको छ । समाजमा विद्यमान राजनीतिलगायत विभिन्न खालका विकृतिहरूमाथि व्यङ्ग्य गर्दै उनले उक्त गीत सार्वजनिक गरेका हुन् । गीति भिडियो बिहीबार बिहान उनको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
देवघाट गाउँपालिकामा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाटधाम, ५ असार । देवघाट गाउँपालिकाले यस चालू आर्थिक वर्ष २०८१/०८२ मा ५६ वटा आयोजना उपभोक्ता समितिबाट र ३२ वटा ठेक्काबाट गरी जम्मा ८८ वटा योजना सम्पन्न भएको जनाएको छ । यसैगरी गाउँपालिका स्तरीय योजना २५ र वडा स्तरीय योजना ६३ वटा सम्पन्न भएका र अन्य निर्माणको चरणमा रहेको देवघाट गाउँपालिकाको आर्थिक वर्ष ०८२/८३ को […]