देवघाट गाउँपालिकामा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाटधाम, ५ असार ।
देवघाट गाउँपालिकाले यस चालू आर्थिक वर्ष २०८१/०८२ मा ५६ वटा आयोजना उपभोक्ता समितिबाट र ३२ वटा ठेक्काबाट गरी जम्मा ८८ वटा योजना सम्पन्न भएको जनाएको छ । यसैगरी गाउँपालिका स्तरीय योजना २५ र वडा स्तरीय योजना ६३ वटा सम्पन्न भएका र अन्य निर्माणको चरणमा रहेको देवघाट गाउँपालिकाको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न भई गाउँ कार्यपालिकाको कार्यालयबाट हुने सम्पूर्ण सेवा प्रवाहदेखि अन्य विविध क्रियाकलापहरु आफ्नै भवनबाट गर्दै आएको छ ।

यसैगरी देवघाटमा नवनिर्मित १० शैय्याको आधारभूत अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका स्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएकोमा यस आर्थिक वर्षसम्ममा संघ, प्रदेश र स्थानीय तह गरी कूल १८ किलोमिटर बाटो पक्की नाला सहित कालोपत्रे सम्पन्न भएको छ । साथै यस गाउँपालिका भित्र हालसम्म उच्च स्तरको ग्राभेलिङ गरी कूल ५ किलोमिटरको बाटोलाई स्तरोन्नति गरिएको छ ।

गाउँपालिकाभित्र हालसम्म ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको छ । वडा नम्बर ५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणको लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणका लागि डिपीआर गरी कार्य अगाडि बढाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी सञ्चालन योग्य बनाइएको समेत थापाले जानकारी दिनुभयो ।

घिनाटार देखि टाउनचोकसम्म मोटरबाटो कालोपत्रेको कार्य सम्पन्न गरिएको छ ।

छिपछिपे भञ्ज्याङ बजार व्यवस्थापनका लागि सडक स्तरोन्नति गर्न ग्यावियन जाली लगाई बाटो विस्तार निरन्तर अगाडी बढाईएको छ ।
देवघाट धामको वेणी संगममा सार्वजनिक शौचालय निर्माण, प्रदेश तथा संघ सरकारको योजना तथा गाउँपालिकाको समन्वयमा देउपुरदेखि साढेंबगरसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, भुवनटारदेखि बुद्धचोकसम्मको सडक कालोपत्रे निर्माण, मधुवनचोकदेखि थापा चोकसम्म र बगाले चोकदेखि सिता सामुदायिक वनको पिकनिक स्पोर्ट बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, ठिमुरा पुलदेखि वडा नम्बर ५ को घिनाटारसम्मको सडक गाउँपालिकाको समन्वय र संघ सरकारको लगानीमा सम्पन्न भएको, हर्दी पुलदेखि वेणी संगम हुँदै दासढुंगासम्मको पदमार्ग निर्माणाधिन अवस्थामा रहेको, देवघाट ४ काफलडाँडामा सुन्तला नर्सरी स्थापनाका लागि कृषि टनेल निर्माण, चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट ३० पटकको अनुगमनमा ७७ वटा योजनाको अनुगमन गरि १५ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएकोमा अधिकांश सुझाव कार्यान्वयन भएको देवघाट गाउँपालिकाले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट