काठमाडौं, ५ असार ।
लोक तथा दोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल ‘झोले त तैँ, झोले त मै’ रहेको छ । समाजमा विद्यमान राजनीतिलगायत विभिन्न खालका विकृतिहरूमाथि व्यङ्ग्य गर्दै उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीति भिडियो बिहीबार बिहान उनको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।