स्याङ्जाका वरिष्ठ स्रस्टा वनवासीलाई सम्मान

स्याङ्जा, ३१ जेठ ।
वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीलाई सम्मान गरिएको छ । त्यसैगरी युवा साहित्यकारद्वय मिलन समीर र शम्भु अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना गरिएको कार्यक्रम शनिबार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन, कमलादी काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता सम्मान समर्पण गरिएको थियोे भने वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीर नेपाली लेखक संघको गत चैत १६ र १७ गते शान्तिभूमि, लुम्बिनीमा सम्पन्न भएको आठौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सचिवमा र संस्थापक सहयात्री शम्भु अर्याल प्रगतिशील लेखक संघको गत चैतमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट केन्द्रिय पार्षद सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापनसमेत गरिएको थियोे ।

वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममा चण्डिकाप्रसाद भट्टराईद्वारा कार्यक्रममा वाचन गरिएका रचनाहरुमाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।

कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली कवि व्यक्तित्वहरु शम्भु अर्याल, दिलीप तिवारी, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, सरस्वती अर्याल, खगेन्द्रजंग थापा, प्रेमप्रसाद सुवेदी, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी., ध्रुवप्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, भविश्वर पङ्गेनी, पुजा रेग्मी, शान्ता थापा, चण्डिकाप्रसाद भट्टराई, मिलन समीर, देवीप्रसाद वनवासी आदिद्वारा आफ्ना उत्कृष्ट मुक्तक, गजल र कविता रचनाहरु वाचन गरिएको थियोे ।

कार्यक्रममा वाचन गरिएका रचनाहरुमध्ये उत्कृष्ट रचनाको रूपमा कवि ढालबहादुर के.सी.द्वारा वाचन गरिएको देशदर्द शीर्षकको कवितालाई पुरस्कृत गरिएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट