रत्ननगरका विभिन्न विद्यालयमा घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

रत्ननगर, ३१ जेठ । रत्ननगर नगरपालिकाको कार्यालय अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा यहि असार १ गते रत्ननगर-१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ । नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ उक्त विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीहरु र जनप्रतिनिधिहरुका लागि घटना […]
चितवनमा नै पहिलोपटक खुल्यो आर्चरी सेन्टर

भरतपुर, ३१ जेठ । चितवनमा नै पहिलोपटक आर्चरी सेन्टर सञ्चालनमा आएको छ । भरतपुर – ११ विशालचोकमा शनिबारबाट चितवन आर्चरी सञ्चालनमा आएको हो । उक्त आर्चरीको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले ७० हजार वर्ष पुरानो ईतिहास बोकेको आर्चरी चितवनमा भित्रिनु सुखद भएको बताए । आर्चरी मानव […]
रक्तदान महोत्सवमा राष्ट्रिय रेकर्ड कायम : १७१७ जनाले गरे रक्तदान

भरतपुर, ३१ जेठ । ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ […]
स्याङ्जाका वरिष्ठ स्रस्टा वनवासीलाई सम्मान

स्याङ्जा, ३१ जेठ । वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीलाई सम्मान गरिएको छ । त्यसैगरी युवा साहित्यकारद्वय मिलन समीर र शम्भु अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना गरिएको कार्यक्रम शनिबार दिउँसो वालिङ-६, […]
प्रधानको परिवारजनबाट विद्यालयमा ट्यांकीसहित धारा निर्माण

चितवन, ३१ जेठ । लायन्स क्लब अफ नारायणगढ संगमचोकका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष स्वर्गीय शिवकुमार प्रधानको स्मृतिमा उनका परिवारजनले नारायणगढमा रहेको बालकुमारी कन्या मावि परिसरमा प्राकृतिकरुपमा पानी शुद्धिकरण हुने प्रविधिसहितको पानीट्यांकी र धारा निर्माण गरिदिएका छन् । प्राकृतिकरुपमा पानी शुद्धिकरण हुने प्रविधिसहितको पानीट्यांकी र धाराहरु शुक्रबार एक समारोहबिच समुद्घाटन एवं हस्तान्तरण गरिएको छ । मल्टिपल […]
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान

मकवानपुर, ३१ जेठ । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबारको प्रदेशसभामा पेश गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत […]