चितवनको बेस्ट ब्रेन एजुकेशनको ठगी धन्दा, ५ जना पक्राउ

भरतपुर, ३० जेठ ।
चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

बेस्ट ब्रेनका मुख्य सञ्चालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भनिने अर्जुन सापकोटा, भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार पक्राउ पूर्जी जारी भएर फरार भएका बेस्ट ब्रेनका मुख्य सञ्चालक राजेन्द्र सापकोटालाई काठमाडौंमा पक्राउ गरिएको हो ।

यस्तै सामाजिक अभियन्ता भनिने अर्जुन सापकोटासहित ४ जनालाई भरतपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्जुन सापकोटामाथि ठगिएका पीडितलाई फोन सम्पर्क गरी विभिन्न सामाजिक सञ्जालमार्फत धम्क्याउने गरेको आरोप लागेको छ । यस्तै अन्य तीन जनालाई पीडितहरुले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु माथि भएको आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ परेकी कमला सापकोटाले पत्रकार सम्मेलनमा पुगेर पत्रकारलाई धम्काएकी थिइन् । उनले पीडितहरुलाई पनि निरन्तर धम्क्याउँदै आएको आरोप लागेको छ । पीडितहरुले उनीसहित सामाजिक अभियन्ता अर्जुन सापकोटाविरुद्ध पनि वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा उजुरी दिएका थिए ।

बेस्ट ब्रेनले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कँडेल, सागर भट्टराई र शान्ति कंडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट