चितवनको बेस्ट ब्रेन एजुकेशनको ठगी धन्दा, ५ जना पक्राउ

भरतपुर, ३० जेठ । चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बेस्ट ब्रेनका मुख्य सञ्चालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भनिने अर्जुन सापकोटा, भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापा […]

वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात

चितवन, ३० जेठ । वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेको छ । समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि पत्रकार सम्मेलनकै क्रममा हल भित्र प्रवेश गरेर पीडक पक्षका व्यक्तिहरूले हातपात गरेका हुन् । बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता […]

`धीमहि´का लेखक जयराम तिमल्सिना पाठकको अदालतमा

गैंडाकोट, ३० जेठ । आख्यानकार जयराम तिमल्सिनाको उपन्यास `धीमहि´ गैंडाकोटस्थित दि नारायणी रिसोर्टमा विमर्श गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा `पाठकको अदालतमा जयराम तिमल्सिना´ शीर्षकमा विमर्श गरिएको हो । अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राखेपछि कार्यक्रमलाई संवादका रूपमा अगाडि बढाइएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एलबी क्षेत्री न्यायाधीशको रूपमा उपस्थित थिए […]

भरतपुरमा शनिबार वृहत् रक्तदान महोत्सव हुँदै

भरतपुर, ३० जेठ । जेठ ३१ गते शनिबार भरतपुरमा रक्तदान महाेत्सव हुनेभएको छ। अन्तर्राष्ट्रिय रक्तदाता दिवस ( जुन १४) काे अवसरमा आयाेजना हुन गैरहेको याे महाेत्सव नेपालकाे इतिहासमै पहिलाेपटक हुनलागेको हाे । ब्लड डाेनर्स साेसाइटी नेपाल चितवन शाखाकाे आयाेजना र विभिन्न संघसंस्थाकाे सहयोगमा सम्पन्न हुने महाेत्सवकाे मुख्य उद्देश्य युवाहरुलाई रक्तदान गर्न प्रेरित गर्दै नयाँ रक्तदाताकाे […]

चितवनको यातायात कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा

भरतपुर, ३० जेठ चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको विशेष टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । अहिले पनि अख्तियारको टोली यातायात कार्यालयमै छ । लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीका आधारमा अख्तियारले छापा हानेको हो । यस्तै अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयसँगै रहेको […]

बागमती प्रदेशको आजको बैठकमा आगामी वर्षकाे आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

मकवानपुर, ३० जेठ । बागमती प्रदेशसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ । आजकाे बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षकाे आर्थिक सर्वेक्षण प्रस्तुत गरिने भएकाे छ । प्रदेशसभा सचिवालयका अनुसार अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/०८३ को सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । बजेट कार्यक्रम संसदमा पेस गर्नु […]