भरतपुर, ३० जेठ ।
जेठ ३१ गते शनिबार भरतपुरमा रक्तदान महाेत्सव हुनेभएको छ। अन्तर्राष्ट्रिय रक्तदाता दिवस ( जुन १४) काे अवसरमा आयाेजना हुन गैरहेको याे महाेत्सव नेपालकाे इतिहासमै पहिलाेपटक हुनलागेको हाे ।
ब्लड डाेनर्स साेसाइटी नेपाल चितवन शाखाकाे आयाेजना र विभिन्न संघसंस्थाकाे सहयोगमा सम्पन्न हुने महाेत्सवकाे मुख्य उद्देश्य युवाहरुलाई रक्तदान गर्न प्रेरित गर्दै नयाँ रक्तदाताकाे खाेजीगर्ने रहेकाे छ । रगत र रक्तदानका विषयमा समाजमा यदाकदा रहेका भ्रमलाई विज्ञद्वारा निराकरण गर्नुसमेत महाेत्सवकाे उद्देश्य रहेकाे कार्यक्रम संयाेजक तथा साेसाइटीका चितवन अध्यक्ष एकराज बुर्लाकाेटीलेजानकारी दिनुभयो ।
महाेत्सवका बारेमा जानकारी दिने उद्देश्यले बिहीबार आयाेजित पत्रकार सम्मेलनमा साेसाइटीका केन्द्रीय अध्यक्ष तथा रक्तदाता अभियन्ता अर्जुन अधिकारीले मान्छले दिनसक्ने र दिनपर्ने रक्तदान जस्ताे विषयलाई जनस्तरसम्म पुर्याउनु र स्वतस्फूर्त रुपमा रक्तदान गर्न युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रमकाे आयाेजना गर्न लागिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा साेसाइटीका जिल्ला सल्लाहकार सहप्राध्यापक डा. भाेजराज अधिकारीले रक्तदान गर्न तयार व्यक्तिको शारीरिक अवस्था र रक्तदान गरिएको रगतकाे संरक्षण र उपयाेगिताकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।
ब्लड डाेनर्स साेसाइटी नेपाल एक स्वेच्छिक, गैरनाफामूलक तथा सामाजिकउत्तरदायित्वमा आधारित संस्था हाे ।
साेसाइटी, काेविड महामारीले नेपालसहित विश्व नै थलिएकाेबेला रक्त, रक्तमा आधारित पदार्थ नपाएर बिरामीको मृत्यु भैरहेकाे पीडाबाट अनुभव संगाल्दै सन् २०१९ सालमा स्थापना भएकाे मानवीय संस्था हाे । रक्तदानप्रति प्रेरित गर्न जनचेतना जगाउने र सहज आपूर्ति गर्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाे यस संस्थामा देशभर १५ हजार भन्दाबढी स्वयंसेवकले रक्तदानमा आधारित कार्यहरुमा सहभागी रहेका छन् ।
नि: शुल्क स्वास्थ शिविर तथा रक्त समूह परिपक्षण सँगसँगै रक्तदान महाेत्सव प्रति आकर्षण बढाउन कार्यक्रममा विभिन्न प्रकारका उपहारका साथै कुपनमा आधारित नि:शुल्क केवलकारबाट माैलाकालिका दर्शनकाे व्यवस्था रहेकाे सचिव विपिन पाठकले जानकारी दिनुभयो ।
रक्तदान महाेत्सवमा १५ सय पिन्ट रक्त संकलन हुने अपेक्षा गरिएको सचिव पाठकले बताउनुभयो ।