मकवानपुर, ३० जेठ ।
बागमती प्रदेशसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ । आजकाे बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षकाे आर्थिक सर्वेक्षण प्रस्तुत गरिने भएकाे छ ।
प्रदेशसभा सचिवालयका अनुसार अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/०८३ को सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । बजेट कार्यक्रम संसदमा पेस गर्नु पूर्व आर्थिक सर्वेक्षण पेस गर्ने कानूनी व्यवस्था रहेकाे छ ।
प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्याङ्कन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया, तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रूपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ । शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेशसभाका विषयगत समितिहरूको वार्षिक प्रतिवेदन समेत पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए ।
प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्नेछ ।