कृषिमन्त्री श्रेष्ठद्वारा बीएसएल टु प्लस प्रयोगशाला भवन उद्घाटन

चितवन, १९ जेठ ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवनको सोमबार उद्घाटन गरेका छन् ।

भवन उद्घाटन गर्दै उनले ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवामा उत्साह थपेको बताए । प्रदेश सरकारले सुरु गरेकाे कृषि ज्ञानरत्न कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक तह पार गरेका युवालाई लक्षित गरी कृषि अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको उनले जनाकारी दिए । उक्त कार्यक्रमबाट स्नातक तह पार गरेका युवाहरूलाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ र एमफिल गर्दै पीएचडी अध्ययन तयारी गरिरहेकाे युवाका लागि २२ लाख रुपैयाँसम्मको कृषि अनुदान प्रदान गरिदै आएकाे छ ।

‘प्रदेशभित्र जुनसुकै विषय अध्ययन गरेका युवाले कृषि क्षेत्रमा लाग्ने इच्छा राखेमा उक्त कार्यक्रम मार्फत अनुदान लिन सक्ने व्यवस्था गरिएको छ’ उनले भने । हामीले ०८१/०८२ सालमा सुरु गरेको कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८२/०८३ मा वृद्धि गर्दै थप विस्तार गर्न गइरहेकाे उनले जानकारीट दिए । विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशिलता र कृषि कर्ममा लाग्न युवाहरूलाई उनले आग्रह समेत गरे ।

यसैगरी बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले विश्वविद्यालयलाई गुणस्तरीय र परिणाममुखी अध्ययन–अध्यापनमा जोड दिन सुझाव दिएका छन् । ‘नयाँ भवन मात्र पर्याप्त होइन’ मन्त्री सिलवालले भने ‘अब यो भवनमार्फत अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै चितवनलाई कृषि क्षेत्रमै अग्रणी बनाउनु पर्छ।’ अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको उदाहरण दिँदै उनले भने ‘चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।’ प्रदेश सरकार पनि अनुसन्धानमुखी कार्यका लागि अनुदान दिन तयार रहेको उनले बताए ।

यसैबीच मन्त्री श्रेष्ठले आजै चितवनको खैरहनी वडा नं ४ स्थित चैनपुरमा रहेको ‘सफा ऊर्जा उत्पादन प्रालि’ द्वारा सञ्चालित फोहोर प्रशोधन उद्योगको स्थलगत अवलोकन गरे । उद्योगको निरीक्षणपछि मन्त्री श्रेष्ठले वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै उद्योगले स्थानीय समस्या समाधानतर्फ देखाएको पहल सराहनीय भएको बताएका थिए। उनले यस्ता परियोजनाहरूले प्रदेशको वातावरण संरक्षण र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उद्योग परिसरमा पुगेका मन्त्री तथा प्रतिनिधिहरूलाई सफा उर्जाका निर्देशक निर्णय पौडेलले स्वागत गरेका थिए। त्यस अवसरमा सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन तथा वातावरण संरक्षणमा कम्पनीले गरिरहेका कामहरूको विस्तृत जानकारी दिएका थिए। उनका अनुसार, सफा उर्जाले स्थानीय क्षेत्रबाट फोहोर संकलन गरी त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गर्ने काम गरिरहेको छ। त्यसैबाट उत्पादित प्राङ्गारिक मल कृषकहरूलाई सहज रूपमा उपलब्ध गराउने लक्ष्य कम्पनीको रहेको छ।

उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट तथा उपाध्यक्ष उज्वल चौलागाईं लगायतकाकाे साथमा मन्त्री श्रेष्ठले उद्योगको निरीक्षण गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट