सनराइजमा एसईई दिएका विद्यार्थीको कविता प्रतियोगिता

भरतपुर, १९ जेठ ।
सनराइज इङ्ग्लिस स्कुलले एसईई दिएर बसेका विद्यार्थीहरुको सहभागितामा कविता लेखन एवम् वाचन प्रतियोगिता गरेको छ । गत बुधबार आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका १२ जना प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाटका दिप्सन कँडेलले प्रथम स्थान हासिल गरे । त्यसैगरी अङ्कुरम् एकेडेमी भरतपुरका ओनिभ बस्ताकोटी द्वितीय र प्रेमवस्ती मावि भरतपुरकी साधना अधिकारी तृतीय भए ।
प्रतियोगिताको निर्णायकमा रमेश प्रभात, घनश्याम काफ्ले र विद्या भण्डारी चिराग रहेका थिए ।
विजेता भएका प्रथमलाई ३००० रुपैयाँ, द्वितीयलाई २००० रुपैयाँ र तृतीयलाई १००० रुपैयाँ सहित प्रमाणपत्र र किताब पुरस्कार दिइएको कार्यक्रम संयोजक जीवलाल चालिसेले जानकारी दिए ।

सनराइज स्कुलबाट एसईई दिएका अभिनव अधिकारी र युजिन गुरुङले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट