खनालको जन्मदिनमा मञ्जुश्री असहाय केन्द्रमा खाना सहयोग

चितवन, ११ जेठ ।
नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर-११ स्थित मञ्जुश्री असहाय केन्द्रमा खाना खुवाउने सेवा मूलक कार्यक्रम भएको छ ।

कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष जेसी दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संयोजन जेसी जीवन ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जेसी विष्णु पोखरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि खनालले असहाय बालबालिकाहरूसँग जन्मदिन मनाउनु आफ्नो जीवनको सबैभन्दा भावुक र मूल्यवान् क्षण भएको उल्लेख गरे । “सामाजिक सेवामा समर्पण गर्नु नै मानव जीवनको साँचो उद्देश्य हो । मैले जन्मदिनको अवसरमा असहाय बालबालिकाहरूसँग समय बिताउन पाउँदा गर्व महसुस गरेको छु ।”, उनले भने ।

कार्यक्रममा खनालले बालबालिकाहरूसँग केक काट्दै आत्मीयता बाँडेका थिए । उनलाई बीसहजार जेसीज तथा मनजुश्री असहाय केन्द्रका साथीहरूले खादा, माला र पुष्पगुच्छासहित सम्मान गरेका थिए ।

कार्यक्रममा बीसहजार जेसीजका पूर्व अध्यक्षहरू—जेसी प्रमिला सुवेदी, जेसी सन्तोष मजाकोटी, जेसी वेदराज न्यौपाने, जेसी सुरज हमाल तथा मञ्जुश्री असहाय केन्द्रकी प्रमुख मन्जु खाँडलगायतले मन्तव्य व्यक्त गर्दै अरुणेश्वर खनालको दीर्घकालीन नेतृत्व, सेवा भावना र सामाजिक योगदानको प्रशंसा गरेका थिए ।

अरुणेश्वर खनालले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवाको सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको रूपमा २०२१ मा काम गर्दा उनले संस्थालाई प्रभावकारी ढंगले सञ्चालन गरी देशभर विभिन्न सामाजिक परियोजनाहरू कार्यान्वयनमा ल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति जेसी दिवाकर पौडेलले सबै अतिथि, सहभागी र केन्द्र परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सेवामूलक क्रियाकलापले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट