लोकदोहोरी गायिका पवित्रा यात्रीको ‘मृत्यु दर्ता’ सार्वजनिक

रत्ननगर, ११ जेठ ।

लोकदोहोरी गायिका पवित्रा यात्रीको नयाँ गीत ‘मृत्यु दर्ता’ सार्वजनिक भएको छ ।

सुमन बिटि र पवित्रा यात्रीको स्वर रहेको यस गीतमा शम्भु नेपालको शब्द रचना रहेको छ । नारायण दंगालको संगीत सम्पादन रहेको गीतमा रामजी थापा मगरको संगीत रहेको छ ।

खडक बाजुरालीको मिक्सिङ माष्टरिङ रहेको गीतमा सागर बाजुराली रेकर्डिष्ट रहेका छन् ।

सार्वजनिक भिडियोमा पवित्रा यात्री, हरि पाठक, नारायण पौडेल, सविना श्रेष्ठ र सम्झना शर्माको अभिनय रहेको छ । त्यस्तै बालकलाकार तर्फ दिपाशा लामा, सुरभी बानियाँ र साम्बी लामिछानेको अभिनय रहेको छ ।

सार्वजनिक भिडियोले बुबाआमाको सम्बन्धमा मेल नहुँदा बालबालिकामा पर्ने नकारात्मक असर र त्यसले समाजमा पार्ने प्रभावलाई झल्काएको छ ।

मिलन श्रेष्ठको निर्माण तथा निर्देशन रहेको उक्त भिडियो चितवनको कालिका नगरपालिका, नारायणी नदी आसपासको क्षेत्रलगायतका ठाउँमा छायांकन गरिएको हो ।

भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट