भरतपुर- ६ र फूलबारी युगले ९ गते फाइनल खेल्ने

भरतपुर, ६ जेठ ।
खेलकुद विकास समिति भरतपुर महानगरपालिका- ६ र फूलबारी युथ क्लब प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

मङ्गलबार सम्पन्न सेमिफाइलमा जीत हात पार्दै भरतपुर- ६ र फूलबारी युथ उपाधि नजिक पुगेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर- ६ ले काभ्रेघाटलाई ४-० ले पाखा लगायो ।

अर्को सेमिफाइनलमा फूलबारी युथले पार्वती खुकुरी गाइजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा फूलबारी २-१ ले विजयी भयो । उपाधि भिडन्त ९ गते हुनेछ ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट