चितवन, ६ जेठ ।
चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने सर्वसम्मत निर्णय भएको छ ।
मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ वटै पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।





