राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं, ६ जेठ ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी पाँच वर्षका लागि गभर्नर नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले दिएको नामबाटै पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार मन्त्री सुब्बाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट