काभ्रेघाट र पार्वतीपुर खुकुरी गाइज सेमिफाइनलमा

भरतपुर, ६ जेठ ।
काभ्रेघाट एफसी र पार्वतीपुर खुकुरी गाइज प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलमा युवा जागरण केन्द्रलाई हराउँदै काभ्रेघाटले सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा काभ्रेघाट टाइब्रेकरमा ४-३ ले विजयी भयो । काभ्रेघाटले अब फाइनल प्रवेशका लागि खेलकुद विकास समिति भरतपुर- ६ को सामना गर्नेछ ।

यस्तै अन्तिम क्वाटरफाइनलमा पार्वतीपुर खुकुरी गाइजले आयोजक फूलबारी राइनो युथ एसोसिएसन निलोलाई पराजित गर्‍यो । खेलमा पार्वतीपुर ४-१ ले विजयी भएको हो । उसले अब फाइनल प्रवेशका लागि फूलबारी युथ क्लबसँग खेल्नेछ । दुबै सेमिफाइनल खेल आज हुनेछ ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट