स्पन्दन नेपालद्वारा सेल्फ मेकअप तालिम सञ्चालन

चितवन, ३ जेठ ।
भरतपुरमा शनिबारदेखि निःशुल्क सेल्फ मेकअप तालिम सञ्चालन भएको छ । स्पन्दन नेपालको आयोजना र भरतपुर महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । शनिबारदेखि सुरु भएको तालिम सोमबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालले महिला दिदीबहिनिहरुलाई शृङ्गार आवश्यक रहेको बताउँदै तीन दिने तालिम अपुग भएको खण्डमा थप सहयोग गर्ने बताएका छन् ।

महिलाले आफ्नो लागि समय दिन नसकेको साथै शृङ्गार सम्बन्धि कमै मात्रलाई ज्ञान हुने र शृङ्गारले थप आत्मबल बढाउने भन्दै तालिम सञ्चालन गरिएको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले बताइन् ।

पपुलर युनिसेक्स सैलुन सिजी ल्यान्डमार्कमा सञ्चालित तालिममा ५० भन्दा बढि दिदीबहिनिहरुको सहभागिता रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library