चलचित्र पत्रकार संघ मकवानपुरद्वारा विभिन्न व्यक्ति पुरस्कृत

मकवानपुर, ३ जेठ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ । संघले शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । संघले नन्दबहादुर महर्जन स्मृति […]

स्पन्दन नेपालद्वारा सेल्फ मेकअप तालिम सञ्चालन

चितवन, ३ जेठ । भरतपुरमा शनिबारदेखि निःशुल्क सेल्फ मेकअप तालिम सञ्चालन भएको छ । स्पन्दन नेपालको आयोजना र भरतपुर महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । शनिबारदेखि सुरु भएको तालिम सोमबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालले महिला दिदीबहिनिहरुलाई […]

लाठको `सीमान्त सम्झना´ माथि गैंडाकोटमा विमर्श

गैँडाकोट, ३ जेठ । वीरगञ्ज निवासी लेखक गणेशप्रसाद लाठको नयाँ कृति ‘सीमान्त सम्झना’ संस्मरणसङ्ग्रहमाथि शनिबार गैँडाकोटमा विमर्श गरिएको छ । अक्षर समूह चितवनले कार्यक्रमको आयोजना गरेको हो । विमर्श कार्यक्रममा बोल्दै प्रमुख वक्ता कवि भूपिनले सीमान्त सम्झनाभित्र आएका कतिपय प्रसङ्ग अरूको जीवनमा पनि मेल खाने खालका रहेको बताए । कतिपय प्रसङ्गहरू आफूले पनि भोगेको भूपिनले […]

पटिहानी र आयोजक फूलबारी निलो क्वाटरफाइनलमा प्रवेश

भरतपुर, ३ जेठ । पटिहानी इभेन्ट्स र आयोजक फूलबारी युथ एसोसिएसन निलो प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा जित हात पार्दै पटिहानी र फूलबारीले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । शनिबारको पहिलो खेलमा पटिहानीले न्यु दिव्यज्योति युवा क्लबलाई ३-२ ले हरायो । पटिहानीका मिलन […]

अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परीक्षण 

भरतपुर, ३ जेठ । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार अङ्कुरम् एकेडेमीको ‘स्वास्थ्य तथा पोषण क्लब’ र ‘सहयोगी हातहरू’ (हेल्पिङ ह्याण्ड्स क्लब)को आयोजनामा उक्त आँखा शिविर सम्पन्न भएको हो । ‘सुरक्षित भविष्यका लागि स्वस्थ आँखा’ भन्ने नारासहित आयोजना गरिएको उक्त आँखा शिविरमा विद्यालयमा अध्ययनरत ७३१ जना विद्यार्थी र ४३ […]

भरतपुर- २४ बालमैत्री वडा घोषणा

चितवन, ३ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो । भरतपुर– २४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३,२१ र ६ घोषणा भइसकेको छ । […]