पटिहानी र आयोजक फूलबारी निलो क्वाटरफाइनलमा प्रवेश

भरतपुर, ३ जेठ ।
पटिहानी इभेन्ट्स र आयोजक फूलबारी युथ एसोसिएसन निलो प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न खेलमा जित हात पार्दै पटिहानी र फूलबारीले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । शनिबारको पहिलो खेलमा पटिहानीले न्यु दिव्यज्योति युवा क्लबलाई ३-२ ले हरायो । पटिहानीका मिलन तामाङ प्लेयर अफ दि म्याच भए ।

यस्तै शनिबार नै सम्पन्न अर्को खेलमा आयोजक फूलबारी निलोले शिवघाट एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । फूलबारी निलोले शिवघाटलाई ३-१ ले हरायो । फूलबारी निलोका कर्मा तामाङ प्लेयर अफ दि म्याच भए ।

प्रतियोगितामा आइतबारबाट क्वाटरफाइनलको खेल हुनेछ । पहिलो क्वाटरफाइनलमा फूलबारी युथ क्लब र पटिहानी इभेन्ट्स भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनलमा आइतबार नै खेलकुद विकास समिति ६ र आयोजक फूलबारी सेतोबीच ५ बजे खेल हुनेछ ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट